पुरुषकै कारण महिलालाई पाठेघरको क्यान्सर, यो समस्याबाट बच्न यी तरिका अपनाउनुहोस्

पाठेघरको मुखको क्यान्सरबारे थाहा पाउनु अगाडी क्यान्सर के हो भनेर बुझ्नु आवश्यक छ । क्यान्सर वा अर्बुद्ध रोग शरीरको कोष या कोषीकाहरुको समुहको अस्वभाविक वृद्धि हो । यदी यसलाई समयमा नष्ट गरिएन भने शरीर भरी नै यो रोग फैलिन्छ र अन्नतः यो नै मृत्युको कारण बन्न पुग्छ ।

महिलाहरुमा देखिने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख एक हो । पाठेघर महिलाको प्रजनन् सम्वन्धी एक प्रमुख अंग हो । जुन पेटको तल्लो भागमा पिसाब थैली पाठेघरको मुखको ठिक अगाडी र मलद्धार पछाडी रहेको हुन्छ । नासपाति आकारमा देखिने पाठेघरलाई फेलोपियन ट्यूव तथा मांसपेशी तत्वहरुले दुबैतिरबाट अड्याएका हुन्छन् ।

सामान्यतया पाठेघरलाई तिन भागमा बाँडेर हेर्न सकिन्छ । एक सबैभन्दा माथीको फराकिलो भाग जसलाई फण्डस भनिन्छ । अर्को बीचको साँगुरो घाँटी जस्तो भाग जसलाई इस्थमस भनिन्छ । तेस्रो पाठेघरको मुख जसलाई सर्भिक्स भनिन्छ । महिलामा देखिने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर प्रमुख हो । यस्ता महिलालाई पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुन्छ ।

  • सानो उमेरमा विवाह गर्ने
  • कलिलै उमेरमा यौन सम्पर्क गर्ने
  • धेरै जनासँग यौन सम्पर्क राख्ने
  • धेरै सन्तान जन्माउने
  • खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका महिला
  • पाठेघर वा यौनाङ्गको बारम्बार संक्रमण भइरहने महिलामा यो क्यान्सर बढी देखिएको छ ।

लक्षण

क्यान्सरको सुरुवातमा कुनै पनि लक्षण नदेखिन सक्छ । तर यस्ता लक्षण देखिएमा पाठेघरको मुखको क्यान्सर हुनसक्छ ।

  • योनीबाट गन्हाउने फोहर पानी बग्नु
  • यौनसम्पर्क गर्दा सामान्य अवस्थामा पनि गर्दा रगत देखिनु
  • महिनावारी बन्द भएका महिलामा पनि रगत देखिनु
  • तल्लो पेट बढी दुख्नु
  • दिशा वा पिसाब गर्दा अप्ठेरो महशुस हुनु
  • वजन घट्दै जानु
  • थकाई बढी लाग्ने
  • महिनावारीको नभएको बेला पनि रगत बग्ने

पाठेघरको मुखको क्यान्सरबाट बच्न १० वर्ष उमेरसम्मका बालिकालाई खोप लगाउन सकिन्छ ।

यो खोप सरकारले निःशुल्क लगाउने अभियान सुरु गरेको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा बढी अर्थात् ७० प्रतिशत क्यान्सर पाठेघरको मुखको हुने गरेको तथ्याङ्कले देखाएको छ । विश्व स्वास्थ्य सङ्ठनका अनुसार संसारभरमा प्रत्येक वर्ष दुई लाख ७० हजारभन्दा बढी महिलाको पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुने गर्दछ जसमध्ये ८५ प्रतिशत मृत्यु विकासोन्मुख देशमा मात्रै हुन्छ ।

सन् २०१२ को तथ्याङ्कअनुसार संसारभरमा त्यस वर्ष पाँच लाख २८ हजार महिलामा पाठेघरको मुखको क्यान्सरको निदान भएको थियो । सो वर्ष दुई लाख ६६ हजार महिलाको मृत्यु यस रोगका कारण भएको थियो ।

पाठेघरको मुखको क्यान्सर ३५ देखि ६४ वर्षसम्मका महिलामा धेरै हुने गरेको छ । नेपालमा प्रत्येक वर्ष करिब १० हजार २० जनामा यो रोग हुने अनुमान गरिएको छ जसमध्ये ५० प्रतिशतको मृत्यु हुने गर्छ । प्रारम्भिक अवस्थामै निदान गरी उपचार गर्न सकिएमा यो रोगबाट बच्न सकिन्छ ।

Post a Comment

Previous Post Next Post