घरबाट हटाउनुहोस् यस्ता ६ चिज नत्र संकट निम्त्याउन सक्छ

काठमाडौँ । मानव जिवनमा अति आवश्यक चिज मध्ये घर प्रमुख हो । इच्छा र सपना अनुसार आँफु बस्ने घर के कस्तो बनाउने हो त्यो कल्पना गरी या चित्रण गरी बनाइन्छ ।घर बनाइसकेपछि बिभिन्न सजावटहरू सुरू गरिन्छ तर कतिपय सजावटकै सामानले घरमा असन्तुलनीय बाताबरण शिर्जना हुन्छ । आँउनुस् बास्तु शास्त्र अनुसार घरमा के राख्ने र के नराख्ने त्यो बिषयमा केही जान्ने कोशिस गरौ ।

परेवाको गुंड – परेवा शान्तिको प्रतिक मानिन्छ यसलाई प्रेमको संकेत पनि मानिन्छ तर वास्तु शास्त्र अनुसार परेवाको गुड छ भने अशुभ मानिन्छ ।यसले घरको शान्तिस्थिती खलबलाई परिवारबिच कलह मचाउने शास्त्रले भन्छ । त्यसैले घरमा परेवाको गुड छ भने त्यसलाई हटाएर अन्यत्रै सार्नुस ।
माकुराको जालो – यदी तपाइको घरमा माकुराले जालो बनाएको छ भने तपाइलाई चारैतिरबाट त्रृण घेर्ने शास्त्रले बताउछ ।साथै जालोलाई अशुभ संकेत पनि मानिन्छ यस्ले दुर्भाग्य पूर्ण घटना निम्त्याउने शास्त्रले जनाएको छ । त्यसैले आफ्नो घरबाट त्यस्ता माकुराको जालो हटाएर सफा राख्नुनै उपयुक्त हुन्छ ।

फुटेको ऐना – यदी तपाइको घरमा ऐना फुटेको छ र त्यसलाई अझैपनि भित्तामा टांगी रहनुभएको छ भने तुरून्त फाल्नुस फुटेको ऐनाले घरमा गरिबी निम्त्याउनुका साथै अनिकाल निम्त्याउने शास्त्रको ठम्याई छ ।
चमेरो – तपाइको घरमा चमेराले गुड बनाएको छ भने सम्झनुहोस तपाइले थालेको नयाँकाम पुरा हुदैन , चमेरालाई दैत्यको रूपमा हेरिने हुदा यस्ले तपाइको घरको शुख शान्तिसंगै अनेकौ दुख कष्ट साथै तपाइको मृत्यु समेत निम्त्याउने शास्त्रको भनाइ छ ।

चर्केको भित्ता– घरको भित्ता चर्केको छ भने तुरुन्तै मर्मत गराइहाल्नुस्। यसले भित्ता केवल नराम्रो मात्रै देखाउँदैन, दुर्भाग्य र गरिबी पनि निम्त्याउँछ।चुहिने धारो –चुहिने धाराले पानीमात्र बर्बाद मात्रै पार्दैन घरबाट सकारात्मक शक्ति बाहिर चुहिएको संकेत गर्छ। चुहिने धारा तुरुन्त मर्मत गर्नुस्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post