कोरोनाकाे डरले बेसार मेथी लगाएतका औषधिको सेवनबाट निम्ताएको अर्को समस्या हेर्नुहोस्

काे-राेनाको ड`रले बेसार, मेथी, भिटामिन डी लगायतका औषधिको सेवनबाट निम्तिएको अर्को यस्ताे जटिल समस्या । पछिल्ला केही महिनामा किन यति धेरै यस्ता साइड इफेक्ट भएका बिरामी आइरहेका छन् भनेर गरिएको सर्वेक्षणमा को- भिड-१९ लाग्ने ड- र ले मानिसहरूले सामाजिक सञ्जालमा आएका विभिन्न अफवाहको विश्वास गरी भिटामिन डीले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दै यसका विभिन्न औषधि अत्यधिक सेवन गर्न थाले जसका कारण यसले साइड-इफेक्ट निम्त्यायो र मानिसमा अन्य रोगको जोखिम बढाएकाे पाइयो । 

‘को-भिड-१९ बाट बँच्न भिटामिन डीले धेरै सहयोग पु-याउनुकाे साथै को-भिड विरूद्धको रोग प्रतिरोधात्मक क्षमता अत्यधिक अभिवृद्धि गर्छ भन्ने अफवाह सामाजिक सञ्जालमा देखेपछि मसँग उपचार गर्न आएका एक बिरामीले हप्तामा एकपटक खानुपर्ने भिटामिन डीको औषधि दैनिक रूपमा सेवन गर्न थाल्नुभएछ’ डा लाथियाले भनिन् । भिटामिन डी को अत्यधिक प्रयोगबाट ब्लड र युरिन क्याल्सियमको मात्रा बढ्न थाल्छ, जसले गर्दा टाउको दुख्ने, वान्ता हुने, डिहाइड्रेसन, चक्कर आउनेजस्ता अन्य धेरै असरहरू देखिन्छन्। ‘रगतमा भिटामिन डी को मात्रा १५० नानोग्राम पर मिलिलिटरभन्दा बढी भयो भने वि-षाक्तता हुन्छ र यसले विभिन्न असर देखाउन थाल्छ ।

मसँग आएका ती बिरामीको रगतमा भिटामिन डीको मात्रा ३४८ नानोग्राम पर मिलिलिटर थियो। भाग्यवश भनौं उनलाई त्यस्तो नराम्रा असर देखिएनन्´, उनले भनिन् । उनका अनुसार पछिल्लो समय आएका कोभिड-१९ बाहेकका सबै बिरामीहरू यस्तै अफवाहका पछि लागेर यस्तै वा अन्य प्रकारका औषधिको मात्रा नमिलाई खाएर अस्पताल आएकाहरू छन् ।

‘मैले प्रायः सबै बिरामीबाट इम्युनिटी बढाउने विभिन्न औषधिको बारेमा सुन्दै आएकी छु’ उनले भनिन्, ‘रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि अत्यधिक प्रयोग भएकामध्ये घरमा बनाइएको काढा, जिंक, भिटामिन सी, भिटामिन डी र होमोप्याथिक अर्सेनिकम आल्बुमजस्ता औषधिहरू रहेका छन्।’ बिरामीका यस्ता समस्या सुन्ने डा लाथियाका मात्र होइनन् ।

देशभरि नै मानिसहरू यस्ता अफवाहको पछि लाग्ने गरेका छन्। सामाजिक सञ्जालमा देखेको भरमा बेसार, मेथी, घ्युकुमारीको जुस र भिटामिन डीलगायतका औषधिहरूको अत्यधिक प्रयोग गरिरहेका छन् ‘मसँगै काम गर्न साथी र मसँग यस्ता धेरै किसिमका बिरामीहरू आउने गरेका छन्, जोमध्ये धेरैले सामाजिक सञ्जालमा सुनेको भरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने भन्दै विभिन्न औषधिहरूको प्रयोग विज्ञको सल्लाहबिना नै प्रयोग गर्ने गरेका छन्’,

केरलास्थित कोसिन ग्यास्ट्रोइन्टेरोलोजी ग्रुपका हेपाटोलोजी तथा लिभर ट्रान्सप्लान्ट मेडिसिनका विशेषज्ञ डा। क्रायक एबी फिलिप्सले भने। ‘यसको एउटा कारण भनेको मानिसहरूले कोभिड-१९ संक्रमितसँगको सम्पर्कपछि ड-राएर मात्रा नमिलाई त्यस्ता औषधिको प्रयोग गर्नु हो’ डा फिलिप्स भन्छन्, ‘सामाजिक सञ्जालमा फैलिएका केही सरकारद्वारा समेत समर्थित तथ्यहीन अफवाहका पछि लागेर मानिसहरूले आफ्नो दैनिक जीवनमा यस्ता अस्वस्थ वस्तु प्रयोग गरिरहेका छन् ।

जसको फलस्वरूप मानिसमा विभिन्न रोगहरू देखापर्न थालेका छन्।’ सरकारमा भएका व्यक्तिले नै यस्ता कुराको समर्थन गर्नाले र मानिसहरूलाई यस्ता कुरा प्रयोग गर्न भनिदिने तर यसको मात्रा र कस्ता मानिसले यस्ता औषधिको प्रयोग गर्नुहुँदैन भनेर नभनिदिँदा धेरैलाई समस्या परिरहेका डाक्टरहरू बताउने गर्छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post