बागलुङ जिल्लामा जन्मिएका दिर्घ परियार अहिले मामाको साहारामा मामा संग पोखरामा बस्दै आएका छन।। जन्मेको २ बर्षमै आमा बुबाले फालेका दिर्घ धेरै जसो पोखराको ताल बाराही मन्दिर अगाडि माग्दै गरेको देखिन्छन्। तर अहिले लकडाउन को बेला मागेर पेट पाल्न नि निकै गारो छ ।
उनी मेला लाग्दा मेला लाग्ने ठाँउ मा गै २-४ पैसा जम्मा पार्ने र आफ्नो जीवन निर्बाह गर्ने गर्दथे तर अहिले त्यो अबस्था छैन उनको अबस्था धेरै नाजुक छ। उहाँको लागि तपाईं हामिले केही सहयोग गरि उहालाइ बचाउन सक्छौ ।
बिहान बेलुका मामाले लिउने र लैजाने गर्नुहुन्छ मामाले नै नुहाउने धुने गरिदिनुहुन्छ भगवान जस्तो मामाको कारणले नै आज दीर्घ परियार जिबित हुनुहुन्छ आउनुहोस् हामि पनि केही सहयोग गरि दीर्घ दाइको मुहार मा मुस्कान लिउने प्रयत्न गरौ।
दिर्घ दाइको इच्छा भनेको अर्को जन्ममा राम्रो मान्छेको रुपमा जन्म लिने रहिछ। उहाँको यो भिडियो हेरि सक्दो सेयर गरिदिनु होला ।
