अब असार १ गते देखि के-के गर्न पाइन्छ के-के गर्न पाइँदैन हेर्नुहोस्

काठमाडौं । सरकारले असार महिना देखि निषेधाज्ञा खुकुलो पार्ने तयारी गरेको छ । कोरोना संक्रमण दर, मृत्यु दर घट्दै र निको हुने दर बढ्दै गएको गृहमन्त्रालयले जनाएको छ ।

गत वर्ष बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको तर यसपाली त्यो गल्तीबाट सच्चिदै आवश्यकताको अधारमा निषेधाज्ञा खुकुलो पार्ने तयारी गरेको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले भन्नुभयो । उहाँले यसका लागि मन्त्रालयले समीक्षा गरिरहेको बताउनु भएको छ ।

उहाँका अनुसार उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्वब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकुदका गतिविधि भने खुल्ने छैनन् ।

त्यस्तै कृषि गर्ने समय भएकाले कृषकहरुर्ला प्रथामिकता दिएर उनीहरुको दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्ने प्रवक्ता दाहालले बताउनु भयो ।

वर्षाको समय भएकाले मल बीउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने उहाँको भनाइ छ ।

तर यी गतिविधीका लागि पनि पूर्णस्वास्थ्य मापदण्ड पालनामा गर्नु पर्ने प्रवक्ता दाहालले जानकारी दिनदुभयो । त्यस्तै काठमाडौं उपत्यकामा जोर बिजोर सवारी संचालन गर्न अनुमति दिने पनि सरकारको तयारी छ ।

निषेधाज्ञा केही खुकुलो पार्ने तयारीमा मात्रै सरकार रहेको पूर्ण रुपमा खुल्ला गर्ने अवस्थामा भने नरहेको उहाँको भनाइ छ । निषेधाज्ञाले कोरोना नियन्त्रणमा उल्लेखनीय सहयोपग पुगेको उहाँले बताउनुभयो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post