बिरामीको सेवा गर्दागर्दै पीपीईमा महिनावारीको रगत लागेको पत्तै पाइँदैन

एक पटक सोचौं त ४४/४५ डिग्रीको गर्मीमा पीपीई लगाएर बस्नु पर्दा कस्तो हुन्छ होला? त्यसमाथि महिला नर्सहरुलाई महिनावारी हुँदाको बखत...! सम्झदा नै उकुसमुकुस र निस्सासिएरै प्राण नै जाला जस्तो।

सामान्यतया महिनावारी हुँदा बढीमा ३/३ घन्टामा प्याड फेर्नु पर्ने हुन्छ। तर एक पटक लगाइसकेको पीपीई अर्को पटक प्रयोग गर्नु हुँदैन। त्यसैले महिनावारीको समयमा नर्सहरु अफ्टेरोमा पर्ने गरेका छन्।

नेपालकै सबैभन्दा गर्मी हुने स्थान भनेर बाँकेको नेपालगन्जलाई चिनिन्छ। जहाँ अहिले कोभिड-१९ का बिरामीहरुलाई रात दिन नभनी सेवामा खटिरहेका नर्सहरुले यस्तै समस्याको सामना गरिरहेका छन्।

काममा खटिरहेको बेला पीपीईमा रातो रगत देखेपछि कति पटक त बिरामीहरुबाटै आफू महिनावारी भएको थाहाँ हने बताउँछिन्, बाँके नर्सिङ संघकी अध्यक्ष लक्ष्मी केसी वली। ‘यहाँ अहिले एकदमै गर्मी छ’, उनी अगाडि भन्छिन्, ‘ड्यूटीमा खटिरहेका नर्स बहिनीहरुलाई महिनावारी हुँदा पीपीई लगाउन असाध्यै कठिन हुन्छ।’

एक त सहनै नसक्ने गर्मी, त्यसमाथि सबैतीरबाट सील भएको पीपीई लगाउनु पर्दा मरुभूमिमा बसे सरहको अनुभव यहाँका कोभिड वार्डमा खटिएका नर्सहरुको छ। बिरामीको सेवामा खटिरहने उनीहरुले कतिपय समयमा त सेतो पीपीईमा रातो रगत लागेको समेत पत्तै पाउँदैनन्।

काममा अति व्यस्त भइरहँदा प्याड फेर्न नभ्याउने अवस्था पनि यतिबेला भेरी अस्पतालका नर्सहरुले भोगिरहेका छन्। एक त सहनै नसक्ने गर्मी, त्यसमाथि सबैतीरबाट सील भएको पीपीई लगाउनु पर्दा मरुभूमिमा बसे सरहको अनुभव यहाँका कोभिड वार्डमा खटिएका नर्सहरुको छ। ‘४०/४५ डिग्रीको गर्मीमा पीपीई लगाएर काम गर्दा अहिले नै मर्छु झै हुन्छ,' उनले थपिन्, 'त्यसमाथि महिनावारीको समयको अनुभव सुनाएरै साध्यै छैन।’

नेपालमा कोरोना भाइरसको संक्रमणको पहिलो लहरभन्दा अहिले दोस्रो लहरबाट संक्रमण हुने बढी छन्। संक्रमित जति बढ्दै गए त्यति नै जनशक्तिको अभाव देखिएको छ। जनशक्तिकै अभावका कारण स्वास्थ्यकर्मीहरुलाई अहिले भ्याइ नभ्याइ छ। कोभिड वार्डमा काम गर्ने नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुले यतिबेला तोकिएको निश्चित समयभन्दा पनि धेरै काम गरिरहनु परेको छ।

जसको फलश्वरुप नर्सहरु आफू शारीरिक रुपमा अस्वस्थ भएपनि दिनहुँ बिरामीको सेवामा खटिरहेका छन्। 'जनशक्तिको कमी नभएको भए महिनावारी हुँदा प्याड चेन्ज गर्ने समय पाउँथ्यौं', वली भन्छिन्, 'कतिपय नर्सहरुलाई धेरै कामको प्रेसर र प्याड चेन्ज गर्न नपाउँदा झनै ब्लिडिङ हुने जस्तो असहज परिस्थितीको सामना गर्नु परिरहेको छ।

यस्तो कठिन परिस्थितीमा काम गरिरहेका उनीहरुले कतिपय समयमा अकल्पनीय पीडा समेत भोग्ने गरेका छन्। जस्तोको केही समय अगाडि भेरी अस्पतालमा आक्रमण हुँदा नर्सहरुले ज्यान जोगाउन भाग्नु परेको थियो। त्यतिमात्र नभएर कतिपय नर्सहरुले ज्यान जोगाउन दुई तलामाथिबाट पनि हामफालेका थिए। ‘कम्तीमा हामीलाई राम्रोसँग काम गर्न दिए हुन्थ्यो,’ उनले अगाडि भनिन्, ‘अफ्टेरोको बाबजुद पनि हामी हाम्रो पेशामा प्रतिबद्ध छौ।’

जसरी नर्सहरु आफ्नो काम र पेशामा इमान्दारितापूर्वक लागिरहेका छन्, त्यसरी नै स्थानीय तह तथा संघीय सरकार पनि उनीहरुको पेशाप्रति गम्भीर हुन आवश्यक भएको सरोकारवालाहरु बताउँछन्।
'आग्रह पूर्वाग्रह नभएर हामीमाथि भएको हिंसात्मक कृयाकलापलाको न्याय होस्,' वलीले भन्छिन्, 'हामीलाई अरु बढी केही चाहिँदैन हामीले न्याय पाउनु पर्छ।'

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post