हप्तामा कति पटक कपाल नुहाउँदा राम्रो ? यस्तो छ कपाल सौन्दर्यको उपाय

हप्तामा कति पटक कपाल नुहाउँदा राम्रो ? यस्तो छ कपाल सौन्दर्यको उपायकाठमाडौँ । कपाल सफा राख्ने कुरा गर्दा हप्तामा कतिपटक धुने भन्ने प्रश्न उठ्छ। कोही हप्तामा एक पटक कपाल नुहाउँछन् त कोही ३–४ पटक। हप्तामा यति नै दिन नुहाउनुपर्छ भन्ने कुनै नियम त छैन। 

तर, सफा हुने नाममा बारम्बार सेम्पु दल्दा कपाललाई नोक्सानी पनि पुग्न सक्यो जरुरी छैन कि जुन प्रोडक्ट र विधिले अरुको कपाललाई फाइदा गरेको छ, त्यसले तपाईंलाई पनि फाइदा गरोस । कम्तिमा एक हप्ता एउटा रुटिन फलो गर्न सकिन्छ । त्यसमा चित्त बुझेन भने अर्को रुटिनमा जानुपर्छ ।

कपालको स्वास्थ्य र जीवनशैली

तीन दिनमा एक पटक कपाल धुनु ती व्यक्तिहरुका लागि उपयुक्त हुन सक्छ जसको दिनचर्या अलिकति सुस्त छ । हरेक विहान उठेर वर्कआउट गर्ने व्यक्तिहरुको कपाल चिपचिपे हुन्छ । उनीहरुका लागि यो रुटिन सही हुँदैन ।

यसैगरी तपाईंको खानपानको आदतले पनि कति चाँडो चाँडो कपाल धुनुपर्छ भन्ने बताउँछ । तर, सबैलाई हुने एउटा समस्या हो, बढ्दो उमेरसँगै कपाल रुखो हुनु । यस्तोमो नियमितरुपमा सेम्पु प्रयोग गर्नुको साटो कन्डिसनिङ गर्नु उपयुक्त हुन्छ ।

तेलको परवाह नगरौं

सामान्यतया हामी कपाल चिपचिपे हुनुको दोष स्काल्प (कपालको जरासहितको छाला) बाट स्वत निस्कने तेललाई दिन्छौं । अनि यो तेललाई कम गर्नका लागि हामी विभिन्न प्रोडक्टहरु प्रयोग गर्छौं । यसपछि हामी कपाललाई पोषित गर्नका लागि अर्गानिक, एसेन्सियल आयलले मसाज पनि गर्छौं ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post