गाउँस्तरमा महामारी फैलि रहदाँ राउटेलाई किन भाइरसले छोएन? यस्तो देखियो कारण

काठमाडौं। जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा महामारीमा पनि भाइरस भेटिएन । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाट जङगलको भेरी नदी किनारमा बसोबास गर्दै आएका ती समुदायको एन्टिजेनबाट स्वाव सङ्कलन गरिएको थियो ।

सङ्कलित स्वावको रिपोर्ट नेगेटिभ आएसँगै सो समुदायमा भाइरस पुष्टि नभएको हो । परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक निराजन विष्टले राससलाई जानकारी दिए ।

उनले भने गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली राउटेका बस्तिमै पुगेर स्वाव सङ्कलन गरिएको थियो । परीक्षण गराएकामा कसैको पनि भाइरस शरीरमा रहेको पुष्टि भएन । उनले कति जनाको स्वाव सङ्कलन गरिएको थियो भन्ने जानकारी दिएनन् ।

राउटे महिलाले भाइरस परीक्षण ‘आफ्नो धर्म विरुद्ध हुने ’जनाउँदै स्वाव सङ्कलन गर्न अस्वीकार गरेका बताइएको छ । स्वाव सङ्कलन गर्नु अगाडि राउटेका मुखिया सूर्यनारायण शाहीले आफ्नो जनतामा महामारी नलागेकोे जनाउँदै परीक्षण नगर्न आग्रह गर्दै आएका थिए ।

“मेरो जनतासँग रोग छैन । सरसफाइ गरेकै छौं । किन स्वाव लिनु प¥यो? जनता डराउँछ । कहिल्यै पनि तपाइँको जस्तो उपचार गरेको छैन । बरु हाम्रो समुदायमा गैर राउटेलाई आउन नदिन प्रहरी पठाइ दिनुहोला ।

Post a Comment

Previous Post Next Post