हृदय रोग भएका व्यक्तिले कर्कलाको तरकारी बनाएर खाँदा यस्तो फाइदै फाइदा

काठमाडौँ । कर्कला गाउँघरमा पाइने एक तरकारी हो। हामी कर्कलाको फल र पात नै तरकारी बनाएर खाने गर्छौँ । कतिलाई यसको तरकारी मन पर्न पनि सक्छ कतिलाई मन पर्दैन।

हामीले तरकारीको रुपमा खाइरहेको भएपनि हाम्रो शरीरको लागि कति फाइदा छ भन्ने बारेमा भने त्यति जानकार छैनौँ । कर्कलाको सेवनले हाम्रो शरीरलाई निकै फाइदा पु-याउँछ।

यसमा फाइवर, प्रोटिन, पोटासियम, भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्वहरु पाइन्छ । आज हामी कर्कला सेवन गर्दाको फाइदा र बेफाइदा बारे जानकारी दिन गइरहेका छौँ।

यस्ता छन् कर्कला खाँदाका फाइदाहरु

पिसाब पोल्ने समस्या हटाउँछः कर्कलाको पातको रस १० ग्राम निकालेर ३/४ दिनसम्म सेवन गर्नुहोस् । तपाइको पिसाब पोल्ने समस्या हटेर जान्छ ।

वायू विकार भइरहेमाः लगातार वायू विकार भइरहेमा कर्कलाको पात उमालेर छान्नुहोस् । त्यसमा थोरै घीउ मिसाएर केहि दिन सेवन गर्नाले वायू विकारको कारण हुने समस्या दूर भएर जान्छ ।

हृदय रोगमा लाभदायीः हृदय रोग भएका व्यक्तिले कर्कलाको तरकारी बनाएर कम्तिमा २५ ग्रामको दरले दैनिक सेवन गरेमा हृदय रोगमा लाभ मिल्छ ।

उच्च रक्तचापमाः उच्च रक्तचाप भएका व्यक्तिले हरेक खानामा कर्कला पनि मिसाउदा अति लाभदायी हुन्छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post