ट्रकको ठक्करबाट बाटो काट्दै गरेका वृद्धको मृत्यु

मकवानपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।


शुक्रबार बिहान मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्व-पश्चिम राजमार्ग सडकखण्डमा हेटौंडाबाट चितवन जाँदै गरेको ट्रकले बिहान सवा ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अुनसार ना ५ ख ७७१२ नम्बरको ट्रकले ठक्कर दिँदा मकवापुरको राक्सिराङ गाउँपालिका-०९ घर भई हाल मनहरी गाउँपालिका-८ का ७० वर्षीय गंगाबहादुर स्याङ्तानको मृत्यु भएको हो।

स्याङ्तान बाटो काट्दै गर्दा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।ठक्कर दिने ट्रक र ट्रक चालक सर्लाहीको हरिवन नगरपालिका-११ का ४० वर्षीय प्रमोद महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post