आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकोले देशको पश्चिमी क्षेत्रमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।
बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव पश्चिमी क्षेत्रका धेरै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजोजस्तै आज पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

कोशी प्रदेशलगायत अरु प्रदेशका पहाडी भू–भागका केही ठाउँमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मधेश प्रदेश र अरु प्रदेशको तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

यस्तै, कोशी , गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

पश्चिमी तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले केही दिनसम्म काठमाण्डौ उपत्यकासहित देशैभरि हल्कादेखि मध्यम वर्षा गराउने प्रणाली सक्रिय रहने मौसमविद अधिकारीले जानकारी दिनुभयो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post