आज मंगलवार ह्वात्तै घट्यो सुनचाँदीको मूल्य हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो

काठमाडौं - स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रूपैयाँले घटेर एक लाख ६८ हजार २०० रूपैयाँ पुगेको छ।

तिहार अघि, कात्तिक १५ गते, प्रतितोला एक लाख ७१ हजारमा कारोबार भएको सुनको मूल्य त्यसयता सोही दरमा कायम थियो। तर, आजको मूल्यमा अचानक गिरावट आएको हो।

चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। अघिल्लो दिनको कारोबार मूल्य दुई हजार ९० रूपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला दुई हजार ३० रूपैयाँमा झरेको महासंघले जनाएको छ।

सुन र चाँदीको मूल्यमा आएको यो गिरावटले सरोकारवाला तथा बजारमा क्रेता र विक्रेताको ध्यान खिचेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post