स्कुटर दुर्घटनामा परि एक जनाको गयो ज्यान

काठमाडौं, सोमबार – गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित सडकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुपाल्चोक स्याउलेका स्थायी बासिन्दा र गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकामा बसोबास गर्दै आएका २१ वर्षीय दिनेश तामाङको निधन भएको हो।

समबार राति बा.प्र०२-०१४ प २७२६ नम्बरको स्कुटर अनियन्त्रित हुँदा तामाङ गम्भीर घाइते भएका थिए। घाइते तामाङलाई तत्काल उपचारका लागि शंखरापुर अस्पताल नारायणटार पुर्‍याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post