चट्याङ लागेर ६ जना किशोरी घाइते

दैलेखको भगवतीमाई गाउँपालिकामा चट्याङ लागेर ६ किशोरी घाइतेदैलेख, कार्तिक १९ - दैलेखको भगवतीमाई गाउँपालिका-५, साँङ्गखोला टोलका ६ जना किशोरी चट्याङ लागेर घाइते भएका छन्।


हिजो बेलुका बडालेख जङ्गलमा गाईवस्तु चराएर फर्किने क्रममा हुलाकडाँडा टाकुरामा चट्याङ पर्दा उनीहरु घाइते भएका हुन्।

घाइते हुनेहरुमा १६ वर्षीया तारा भनिने सङ्गीता मगर, १७ वर्षीया बिष्णु, १२ वर्षीया करिष्मा मगर, १४ वर्षीया विपना थापा, १६ वर्षीया सम्झना मगर र १४ वर्षीया चेतना मगर रहेका छन्। भगवतीमाई गाउँपालिकाका वडा नं. ५ का कार्यवाहक वडाध्यक्ष भक्तबहादुर बिकका अनुसार उनीहरु एकै ठाउँमा झुम्मिएर उभिएकै बेलामा चट्याङ परेको हो।

हाल पाँच जना किशोरीको उपचार दैलेख अस्पतालमा भइरहेको छ भने गम्भीर घाइते भएकी सङ्गीता मगरलाई कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको छ।

यस घटनाले चट्याङबाट हुने जोखिमप्रति सचेत रहनुपर्ने आवश्यकता झल्काएको छ। घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारमा स्थानिय तह र अस्पतालले आवश्यक सहयोग पुर्‍याउने बताइएको छ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post