आज देशका यी स्थानमा वर्षा सहित हिमपातको सम्भावना

नेपालभर हाल पश्चिमी र स्थानीय वायुको प्रभावले मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको छ।

मंगलबार दिउँसो कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बादल लागिरहनेछ, जबकि अन्य क्षेत्रमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

बाग्मती र सुदूरपश्चिम प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रमा पनि केही स्थानमा हल्का हिमपात हुने संभावना छ। राति भने पहाडी क्षेत्रमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम सफा रहने बताइएकोछ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post