मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको गयो ज्यान

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जेचोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। बुधबार दिउँसो सूर्यविनायकबाट सल्लाघारी जाँदै गरेको मोटरसाइकलले ६९ वर्षीया बिमला प्रधानाङ्गलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए

भक्तपुर नगरपालिका-६ भोलाछेँ घर भई कटुन्जेमा बस्दै आएकी प्रधानाङ्गलाई बागमती प्र.०२-०२१ प. ८१२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनलाई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार ठक्कर दिने मोटरसाइकल चालक घटनापछि फरार भएका थिए। तर, प्रहरीले चाँडै नै सुनापाती गाउँपालिका-५ घर भई चाँगुनारायण नगरपालिका-१ दुवाकोटमा बस्ने २६ वर्षीय दिपक मानन्धरलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त जगातीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post