झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर किशोरको गयो ज्यान

तुलसीपुरमा झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर किशोरको मृत्युदाङको तुलसीपुरमा तिहारको समयमा घरमा लगाइएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।

बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

प्रहरीका अनुसार बिहान सवा १० बजेतिर किशोर श्रेष्ठ आफ्नो घरमा तिहारको लागि सजाइएको झिलिमिली बत्ती हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याइए पनि बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post