आज यि स्थानमा छ वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर मौसममा परिवर्तन देखिने जानकारी गराएको छ।

विभागका अनुसार आज बिहान देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहँदा अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।बिहीबार दिउँसोको लागि मौसम पूर्वानुमान अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ।

भने अन्य स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताइएको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने अनुमान गरिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post