छोराको कुटपिटबाट सौतेनी आमाको गयो ज्यान

मकवानपुरको मनहरी गाउँपालिकामा छोराको कुटपिटबाट सौतेनी आमाको मृत्यु भएको छ।मनहरी गाउँपालिका-९ डिल्लीपुरमा २५ वर्षीय छोराको कुटपिटबाट ५० वर्षीया आमा सन्तमाया चेपाङको मृत्यु भएको हो।

स्थानीय २५ वर्षीय इन्द्रबहादुरको कुटपिटबाट सन्तमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। इन्द्रबहादुर र सन्तमाया सौतेनी आमा र छोरा रहेको प्रहरीले जानकारी दिएको छ।

मनहरी ५ डिल्लीपुर निवासी डिलबहादुर चेपाङको कान्छी श्रीमती सन्तमाया चेपाङलाई डिलबहादुरको जेठी श्रीमतीको छोरा इन्द्रबहादुरले कुटपिट गरी घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले भने, ‘कुटपिटबाट गम्भीर घाइते भएकी सन्तमायाको चितवन भरतपुरस्थित सरकारी अस्पताल उपचारको क्रममा मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरेर घरमा होहल्ला गरेपछि छोरालाई सम्झाउने क्रममा उल्टै कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।


‘कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेका छौं। के कारणले घटना भएको भन्ने विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएका छौं। कारणबारे अनुसन्धान पश्चात् मात्रै भन्न सकिन्छ’, डिएसपी भण्डारीले भने।
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post