छुट्टाछुट्टै स्थानमा ६ जना मृतावस्थामा फेला

देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । सल्यानको बागचौर नगरपालिका-६ सानाहिम हिमचौरस्थित भिरालो जग्गामा सोही ठाउँ बस्ने ४१ वर्षीय चित्र बहादुर वली मंगलबार मृत अबस्थामा फेला परेका छन् ।

डोटीको दिपायल सिलगढी नगरपालिका-५ पुन्नास्थित सडकको नाली छेउमा सोही ठाउँ बस्ने ३० वर्षीय समिर भट्ट मंगलबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको शंखरापुर नगरपालिका-६ साँखु डेरा गरी बस्ने सोही नगरपालिका-३ बोजेनी घर भएका ५० वर्षीय सुक बहादुर तामाङ पनि आफ्नै डेरामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौंकै कीर्तिपुर नगरपालिका-४ स्थित दमाई खोलामा सोही नगरपालिका-४ दमाई टोल डेरा गरी बस्ने रसुवा आमाछेदुङमा गाउँपालिका-१ घर भएकी ४० वर्षीया पार्वती तामाङ मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीस्थित गोदावरी सामुदायिक वनमा धनगढी उपमहानगरपालिका-८ भईयाँघाट बस्ने डोटी शिखा नगरपालिका-५ घर भएकी ७० वर्षीया ईश्वरी देवी ओझा मृत अवस्थामा फेला परेकी छन्भ।ने

धनुषाको धनौजी गाउँपालिका-४ भडरिया बिचला टोलस्थित आँपको बगैंचामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ

Post a Comment

Previous Post Next Post