दैलेखमा घाँटीमा मासु अड्किएर एक जनाको गयो ज्यान

दैलेखमा घाँटीमा मासु अड्किएर आज एक जनाको मृत्यु भएको छ ।

घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएको वडा सदस्य खगिसरा विकले जानकारी दिनुभयो । मृतक विकका तीन छोरा र एक छोरी छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post