दार्चुलामा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको गयो ज्यान

 मार्मा गाउँपालिका–४ मा खर काट्ने क्रममा भीरबाट खसेर महिलाको मृत्यु भएको छ । आईतबार स्थानीय मर्मती पन्तबगरकी ३० पार्वती बिष्ट मेलेगाड खोलाको मेलामा खर काट्ने क्रममा भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मेलामा चिप्लिएर करिब ४५० मिटर तल खसेपछि घटनास्थलमै उनको मृत्यु भएको स्थानीय पुष्कर बिष्टले बताए । उनकाअनुसार मृतक बिष्टका तीन छोरी एक छोरा छन् ।

1 Comments

  1. हामी पहाडीको जिवन यस्तै हो गाईभैंसी पाल्नैपरने हुन्छ पहाडमा यसैगरी मर्नुपर्छ हामीहरू दुखारी हु हार्दिक श्रद्धाञ्जली बैनि

    ReplyDelete
Previous Post Next Post