मासु धेरै खाएको भन्दै भिनाजुले सालाको हत्या गरे पछि ...

भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाइबाट घाइते सालाको मृत्यु भएको छ ।७२ वर्षीय भिनाजु ठगबहादुर विकको कुटाइले ३ महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु भएको हो ।

गत असार २२ गते मासु धेरै खाएको भन्दै भिनानुले काठको चिर्पटले टाउकोलगायतका ठाउँमा हान्दा मनबहादुर गम्भीर घाइते भएका थिए ।

मनबहादुर लामो समयबाट भिनाजुको घरमा काम गरेर बस्दै आएका थिए ।भिनाजुको कुटाइले घाइते सालाको आइतबार साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाले बताए ।

सालालाई कुटपिट गर्ने भिनाजुलाई ज्यान उद्योग मुद्दामा जिल्ला अदालतले गत साउन २२ गते पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको खनालले बताए ।

घाइते साला पश्चिमाञ्चल अस्पताल पोखरा उपचारपश्चात् घर फर्के पनि घाउमा किरा परेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post