खराब सपना देख्नुहुन्छ ? यस्ता छन् कारण र रोकथाम गर्ने तरिकाहरु

सपना के हो ? यसबारे अनेक किसिमको मत छ । हाम्रो समाजमा सपनालाई कतिपय संकेतको रुपमा पनि बुझिने गरिएको छ । सपनालाई राम्रो र नराम्रो भनेर पनि छुट्याउने गरिन्छ । सपनालाई कतिले अवचेतन मनको उपज ठान्छन् । कतिले दिनभर देखेको, भोगेकै कुराको पुनरावृत्ति ठान्छन् ।

सपनाले पछि हुनेे घटना-दुर्घटनाबारे समेत संकेत दिने ठानिन्छ । त्यसैले डरलाग्दो वा खराब सपना देखेपछि त्यसले हामीमा चिन्ता पैदा गर्छ । कहिले कहि हामी भयानक सपना देख्छौं । भनिन्छ, यस्तो सपना देख्नुमा वास्तु दोष पनि एक हो । यसबाट छुटकारा पाउने केहि वास्तु टिप्सहरु यहाँ तल उल्लेख गरेकाछौं ।

सिरानीमा चक्कु : यदि राति निद्रामा डरलाग्दो सपनाले सताउँछ भने सुत्नुभन्दा अगाडि आफ्नो सिरानीमुनि एउटा चक्कु राखौं । चक्कु नभए फलामको कुनै धारिलो हतियार राखौ । यसो गर्दा वास्तुको हिसाबले तपाईं आफ्नो समस्याबाट छुट्कारा पाउन सफल हुनुहुनेछ ।

पहेँलो चामल : सुत्नुअघि आफ्नो सिरानीमुनि पहेँलो चामल राखौं । सेतो चामलमा बेसार दलेर पनि पहेँलो बनाउन सक्नुहुन्छ । यसो गर्दा तपाईं डरलाग्दो सपनाबाट मुक्ती पाइनेछ ।

सुकुमेलको पोको : राति सुत्नुअघि एउटा कपडामा सुकुमेल बाँधेर त्यसलाई आफ्नो सिरानीमुनि राखौ । वास्तुका अनुसार यसो गर्दा राति मिठो निद्रा पर्नेछ र सपना पनि राम्रो देखिनेछ ।

तामाको भाँडोमा पानी : कहिलेकाहीँ डरलाग्दो सपना नदेखे तापनि तपाईं निद्रामा आत्तिदै उठिन्छ । यदि तपाईंलाई पनि यस्तो हुन्छ भने एउटा तामाको भाँडोमा पानी भरेर आफ्नो खाटको मुनि राखौं । बिहान उठेपछि त्यो पानीलाई गमलामा हाल्नुपर्छ ।

जुत्ता चप्पल नराख्नुस : कतिपयले राति सुत्दा आफ्नो जुत्ता-चप्पल खाटमुनि नै राख्छन् । यदि तपाईंको पनि यस्तो बानी छ भने तुरुन्त सच्याउनुपर्छ । जुत्ता वा चप्पल ओछ्यानमुनि राख्दा पनि खराब सपनाहरु देखिन्छन् भन्ने वास्तुको मान्यता छ ।

ओछ्यान सफा गरेर सुतौं : यदि राम्ररी ओछ्यान सफा नगरिकन सुतिएको छ भने पनि खराब सपनाको शिकार बन्न सकिन्छ । त्यसैले सुत्नुभन्दा अगाडि ओछ्यान राम्ररी मिलाउनुपर्छ । साथै सुत्नुअघि गोडा धुने बानी गर्नुपर्छ ।

गाढा रंगको ओढ्ने : यदि तपाईं गाढा रंगको ओढ्ने ओढेर सुत्ने गरिएको छ भने त्यसलाई पनि बदल्नुपर्छ । राति डरलाग्दो सपना देख्नुको एउटा कारण यो पनि हुन सक्छ ।

कपाल बाँधेर सुत्नु हुँदैन : महिलाहरुले राति कपाल बाँधेर सुत्नु हुँदैन । राति कपाल खुल्ला छोडेर सुत्नाले मिठो निद्रा लाग्ने र राम्रो सपना देखिने विश्वास छ ।

Post a Comment

Previous Post Next Post