कोदालो प्रहार गरी आफ्नै छोराले गरे बुवाको हत्या

सर्लाहीमा छोराले कोदालो प्रहार गरी बुबाको हत्या गरेको छ । हरिवन नगरपालिका ३ डाबरीमा अन्दाजी वर्ष ३५ का छोरा गोकर्ण मैनालीले अन्दाजी वर्ष ८१ का बुवा ओम प्रसाद मैनालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता दीपेन्द्र पंजियार थारुले जानकारी दिए ।

गत बुधबार राति ८ बजेको समयमा छोरा गोकर्णले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका बुवा ओम प्रसादको उपचारको क्रममा मृत्यु भएको डीएसपी थारुले जनाए ।छोराले कोदालो प्रहार गर्दा घाइतेको भएको बुवालाई छिमेकीले बिहीबार बिहान देखेपछि हरिवनस्थित नमुना अस्पतालमा भर्ना गराइएको थियो ।

तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज रेफर गरिएकोमा सोही राति करिब १० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी थारूले बताए ।घरायसी विवाद हुँदा कोदालो प्रहार गरी बुवाको हत्या गरेको छोरा गोकर्णलाई प्रहरीले आज दिउँसो ३ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । ओमप्रसादको माइलो छोरा गोकर्ण भारतमा मजदुरी गरेर आफ्नो जीवनयापन गरिरहेका थिए । दसैँ मान्न घर आएका उनी अविवाहित हुन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post