शौचालय जाने क्रममा लडेर सेनाका लान्स-नायकको मृत्यु


दाङमा नेपाली सेनाका लान्स-नायकको लडेर मृत्यु भएको छ।लमजुङको मध्य नेपाल नगरपालिका–९ घर भई हाल दाङको लमही नगरपालिका–६ देउपुरस्थित रणसिंह दल ब्यारेकमा कार्यरत ३० वर्षीय शीतल थापाको मृत्यु भएको हो।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार शुक्रबार मध्याह्न १२ बजेतिर शौचालय जाने क्रममा लान्स-नायक थापा चिप्लिएर झन्डै डेढ सय मिटर जति तल अर्जुन खोलामा खसेका थिए।

घटनाको १५ मिनेटमित्रै उनलाई उद्धार गरी लमही अस्पतालमा पुर्‍याइएको थियो। तर त्यहाँ पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

मृतकको शव पोस्टमर्टमका लागि अस्पताल लगिएको र रिपोर्ट आएपछि थप कुरा भन्न मिल्ने प्रहरीले जानकारी दिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post