छुरा प्रहार गरी श्रीमान र सौता मिलेर कान्छी श्रीमतीकाे गरे हत्या

छुरा प्रहार गरी कान्छी पत्नीको हत्या गरेको आरोपमा प्रहरीले वीरगन्ज महागनरपालिका–१४ बहुअरीका ४५ वर्षीय एजहारुलहक अन्सारीलाई पक्राउ गरेको छ । साथै घटनामा संलग्न रहेको आरोपमा उनकी जेठी पत्नी ३८ वर्षीया नुरजहान खातुनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

कात्तिक ४ गते राति करिब पउने ९ बजेको समयमा एजहारूलहक अन्सारीले कान्छी पत्नी २८ वर्षीया महिमा खातुनलाई घरायसी विवादका कारण कुटपिट तथा धारिलो चक्कुले छाती तथा पेटमा प्रहार गरेपछि सख्त घाइते भइ अचेत अवस्थामा उपचारको लागि वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराउँदा उपचारकै क्रममा कात्तिक ५ गते बिहान साढे १० बजे महिमाको मृत्यु भएको थियो ।

प्रहरी अनुसन्धानको क्रममा एजहारूलहक अन्सारीको दुई वटा पत्नी रहेको र कान्छी पत्नी महिमा खातुनलाई घरायसी विवादका कारण ससुरा ६५ वर्षीय फजल करिम मिया, सासु आमा ६३ वर्षीया सरिफन खातुन र सौता नुरजहान खातुन समेतले कुटपिट गरेको र पति एजहारूलहक अन्सारीले धारिलो हतियार छुरा प्रहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

आरोपितहरुलाई पर्सा प्रहरीले सोमबार साँझ सार्वजनिक गरेको हो । फरार रहेका ससुरा फजल करिम र सासु सरिफन खातुनको खोजतलास भइरहेको थापाले बताए

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post