अन्तिम संस्कार गर्न लागेको महिलाको शव प्रहरीले लगे पछि ....

सर्लाहीको रामनगरमा बुधबार दिउँसो अन्तिम संस्कारका लागि तयारी गर्दै गरेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अनुसन्धानका लागि मृतक महिलाका श्रीमान, ससुरा र देवरलाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–१ खैर्वा बस्ने सुनिल साहकी श्रीमती वर्ष २१ की मनिषा साहको शव प्रहरीले शंका लागेर जलाउन लागेको अवस्थामा खोलाबाट नियन्त्रणमा लिएको हो ।

महिलाको शंकास्पद मृत्युको सूचना पाए लगतै नजिकको मनुष्मारा खोलामा जलाउन ठिक्क परेको अवस्थामा शव नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार महिलाको घाँटीमा निलडाम देखिएको छ ।महिलाको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ । भने अनुसन्धानका लागि महिलाको श्रीमान सुनिल, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थल र मृतक महिलाको घरमा प्रहरीले अनुसन्धानको गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Post a Comment

Previous Post Next Post