किन खराब हुन्छ तपाइँको पेट ? यी हुन् ५ कारण

धेरै मानिसलाई अपचको समस्या हुन्छ। कहिलेकाहीँ धेरै उपाय गर्दा पनि अपचको समस्या दूर हुँदैन।

कहिलेकाहीँ संक्रमणले त कहिलेकाहीँ हाम्रै जिवनशैली तथा खानपानका कारण अपचको समस्या सिर्जना भएको हुन्छ, जसलाई हामी हेलचेक्राई गरिरहेका हुन्छौँ । विज्ञका अनुसार अपच हुनुका ५ कारण यस्ता छन्ः

खाना लगत्तै पानी पिउनाले

खाना खाए लगत्तै वा खाना सँगै पानी वा अरु कुनै तरल पदार्थ धेरै पिउनाले पाचन क्रियामा सघाउने इन्जाइमहरु कम उत्पादन हुन्छन् । जसका कारण पाचन क्रिया ढिलो हुन्छ र खाएको खानेकुरा पचाउन गाह्रो हुन्छ।

धेरै चियाकफी पिउनाले

जसलाई एसिडिटीको समस्या छ र मुखमा अमिलो पानी आउने समस्या अर्थात् एसिड रिफ्ल्क्सको समस्या हुन्छ उनीहरुले दिनमा ३ कप भन्दा धेरै चिया कफी पिउनु हुँदैन । चिया तथा कफीमा हुने ट्यानिन तत्वले खानामा भएको पोषणलाई राम्रोसँग सरीरलाई शेाषण गर्न दिँदैन र पाचन क्रियालाई खराब बनाउँदछ।

भरी पेटमा व्यायाम

व्यायाम भन्दा पहिले यदि पेट भर्नेगरी खाना खानुभयो भने त्यो पच्नका लागि समय लाग्दछ । यसो हुँदा कहिलेकाहीँ एलर्जी लगायतका समस्या उत्पन्न हुन्छ । खाना लगत्तै व्यायाम गर्दा खाना राम्रोसँग पच्दैन ।

धेरै औषधिको सेवन

कतिपय एन्टीबायोटिक औषधिहरुको साइड इफेक्टका कारण त्यस्ता औषधि सेवन पछि पेट खराब हुन्छ। कहिलेकाहीँ दुइ फरक औषधि एकैपटक सेवन गर्दा त्यसले पाचन क्रियामा असर पूराउँदछ । त्यसैले सकेसम्म धेरै औषधि सेवन नगर्ने, चिकित्सकले भनेको समय र मात्रा अनुसार सेवन गर्ने तथा औषधि सेवन गर्नुअघि त्यसको साइड इफेक्टका बारेमा जान्नुपर्दछ।

पेटमा हावा भरिनु

मुख धेरै खुल्ला गरेर अर्थात् ठूलो मुख पारेर वा कुरकानी गर्दै खाने गर्नाले खानेकुरासँगै पेटमा हावा पनि छिर्दछ। पेटमा हावा छिर्नाले पेटमा ग्यास उत्पन्न हुने समस्यालाई बढाउने तथा पाचन क्रियामा समेत समस्या पैदा गर्दछ। एजेन्सीको सहयोगमा

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post