आज मंगलबार यस्तो छ सुनचाँदीको मूल्य हेर्नुहोस कतिमा हुँदैछ कारोबार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ । आजको बजार भाउ तय गर्दै महासङ्घले हिजो सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले मूल्यवृद्धि भएको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।


आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post