जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ घाइते

मेची राजमार्गको पाँचथर खण्डमा मंगलबार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । झापाको विर्तामोडदेखि ताप्लेजुङ हिँडेको मे १ ज १९४१ नम्बरको जिप मंगलबार दिउँसो एक बजे फिदिम नगरपालिका २ सामदिनमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको निधन भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको निधन भए पनि उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए ।


दुर्घटनामा ताप्लेजुङकी ४० वर्षीया सविना विश्वकर्मासहित २ जनाको अवस्था गम्भीर भएको डीएसपी खतिवडाले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post