आफ्नै श्रीमतीले गरिन श्रीमानको हत्या

रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको घटनाबारे प्रहरीले अनुसन्धान तीव्र तुल्याएको छ ।

आफ्नै घरभित्र सुतिरहेका देवाही गोनाही–६ का ४० वर्षीय जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले मृतककी पत्नी चन्दा देवीलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख एवं प्रहरी निरीक्षक गोविन्द कुमार साहका अनुसार घटना गएराति ११ र १२ बजेको बीचमा भएको हुनसक्छ ।

मृतककी पत्नीले राति दुई बजेर १५ मिनेटमा घटनाबारे खबर गरेको र खबर पाउनासाथ घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको साहले बताए ।


प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर झिकाइ कुकुरको सहयोगमा थप अनुसन्धान गरिएको mर सोही क्रममा मृतकको पत्नी चन्दा देवीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post