हार्दिक श्रद्धाञ्जली कठै हजारौं सपना बोकेर अमेरिका गएकी धना को यसरी भयो दुःखद निधन


नेपाल स्थायी घर जिल्ला अछाम मुली,हाल अमेरिका दक्षिण क्यालिफोर्नियाको Beaumont मा बस्दै आउनु भएका सामाजिक अभियन्ता श्री तुलाराम बजगाई कि धर्मपत्नी धना बजगाईको विगत तीन महिना देखी अस्पतालमा भर्ना भै उपचार भैरहेको र उपचारकै क्रममा यही जुलाई २४ गते साँझ असामयिक निधन हुन गएको र निजको मृत्यु संस्कार (अन्तेष्टी/दाहसंस्कार ) का लागि आर्थिक असमर्थताको कारण जनाई आवश्यक खर्चको ब्यवस्थाका लागि सहयोग जुटाईदिनुहुन भनी मृतकका परिवारबाट अनुरोध भै आएकोले निजको पार्थिव शरिरको दाहसंस्कार गर्न परिवारलाई सहयोग पुगोस भन्ने उदेश्यले NRNA California Chapter को तर्फबाट Go Fund खोली सहयोग सॅकलनको थालनी गरिएको छ ।


यस दुखद घडीमा परिवारजनलाई धर्यधारण गर्ने शक्तीमिलोस,मृतकको आत्माको चिरशान्तीको कामना गर्दछौं।

NRNA क्यालिफोर्निया च्याप्टरको तर्फबाट मृत्युको घटना भएकोले तत्काल $५०० सहयोग स्वरूप प्रदान गरिएको छ । तपाईहरू पनि आ-आफ्नो क्षमता अनुसार सहयोग गरिदिनु होला र आफ्नो सम्पर्क र सामाजिक सन्जालमा Share गरी सहयोग गरिदिनुहुन अनुरौध छ ।

Go Fund बाट सॅकलित रकम शव ब्यवस्थापन खर्च गर्न परिवारको अख्तियारवाला ब्यक्ति मार्फत सम्बन्धित परिवारलाई प्रदान गरिने छ ।
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post