हार्दिक श्रद्धाञ्जली कठै हजारौं सपना बोकेर कोरिया गएको ११ महिनामै युवाको सुतेकै अवस्थामा निधन


हजारौ सपना बोकेर ११ महिना अगाडि मात्र कोरिया प्रवेश गरेका बझाङ केदारस्युं गाउंपीलीका भानचौर घर भएका लक्ष्मण गुरुधामीको सुतेकै अवस्थामा निधन भएको कोरिया स्थित नेपाली राजदुताबासले जनाएको छ ।


कोरियाको ख्यङसाङनाम्दो स्थित एक कम्पनिमा शनिबार राती खाना खाएर सुतेका गुरुधामी सुतेको अवस्थामा मृत भेटिएका थिए । नजिकैको अस्पतालले उनको मृत्यु हृदयघातको कारणले भएको जनाएको छ ।

यो हप्ता मात्रै २ जना नेपाली युवाको अकल्पनिय निधन भयको छ । कोरियामा अध्याधिक गर्मी रहेकोले कामको अत्यन्तै धपडी भएको हुन सन्छ । स्वस्थ्यको ख्याल गर्दै प्रशस्त पानी पिउने आराम गर्ने मादक पदार्थको सेवन कम गर्ने गरि ब्यबस्थान गर्न अनुरोध गर्दछौं ।
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post