अमेरिकाको सपना देखाएर बन्धक बनाएर राखे पछि ..


अमेरिका लैजान्छु भनेर नेपाली नागरिकलाई अर्को देशमा लगेर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

कास्कीको पोखरा उप–महानगरपालिका–२७ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।


‘अमेरिका सपना’ देखाएर आरोपीले पीडितलाई भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर र फिलिपिन्स लगायतका देशमा लगेर बन्धक बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । विभिन्न मुलुकमा लगेर बन्धक बनाइएका पीडितहरु फर्केर कमल तामाङको विरुद्ध उजुरी गरेको एसएसपी श्रेष्ठले बताए ।


आरोपित तामाङविरुद्ध ब्युरोमा ४ वटा जाहेरी दर्ता भएको छ । गिरोहले पीडितहरुबाट २ करोड २६ लाख असुलेको भेटिएको छ । कमल तामाङले नेपालमा बसेर कागजात संकलन गरेर र पीडितहरुलाई सम्पर्कमा ल्याउने भूमिका खेलेका थिए । गिरोहका अन्य सदस्यहरू दुबई र अमेरिकामा बसेर बेचबिखनमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।


बेचबिखन गर्ने गिरोहले कमललाई काठमाडौँको गुहेश्वरीमा फ्ल्याटमा राखेका थिए ।  

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post