
रुकुम पश्चिम – रुकुम पश्चिममा घाँस काट्न गएकी एक बालिकाको भिरबाट खसेर ज्यान गएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर १० चुन गाउँकी बिमला खड्का रावतकी १२ वर्षीया छोरी सिर्जनाको सेलाजुखोला जङ्गलमा रहेको भिरबाट खसेर ज्यान गएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठका अनुसार सोमवार बिहान घाँस काट्न गएकी सिर्जनाकाे भिरबाट खसेर घटनास्थलमै ज्यान गएकाे हाे ।