मोटरसाइकल अनियन्त्रित भई प,ल्टिदा २८ वर्षीय श्यामको दुखद निधन !

मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो ।

दुर्घटनामा सख्त घाइते लामालाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याएको र उपचारका क्रममा आज उहाँको मृत्यु भएको बताइएको छ ।

यो पनि- रिजाल बन्धुुको समावेशी कुलपूजा: प्युठान, १४ मंसिर । प्युठानमा रिजाल बन्धुुको समावेशी कुलपूजा भइरहेकाे छ । पाँच वर्षको अन्तरमा गरिने देवाली यसवर्ष यही मंसिर १२ गतेदेखि सुरु भएको छ ।

यो मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ। रिजालबन्धुुहरुको देवाली भए पनि सवै थरका मानिसहरुले बली चढाउन पाउने व्यवस्थाले समेत अन्य देवालीभन्दा यो अलि पृथक र विशेष देवालीको रुपमा हेरिने गरिन्छ। जसलाई एउटै शव्द समावेशी कुलपूजाले सम्बोधन गर्दै आइरहेको पाइन्छ।

यसरी समावेशिताको आधारमा कुलपूजा गर्ने हुँदा गाउँँमा सवै जाजजातिबीच भाइचाराको सम्बन्ध थप मजवुत गराएको स्थानीय बताउँछन् ।

लुङ्ग सँंगै मरन्ठाना, मच्छी, विजुवारको टिकुरी, टारी, खलंगा शिवालय लगायत जिल्लाका विभिन्न स्थानमा रिजालबन्धुु बसाईं सराई गरी बस्ती बसेका छन्। जिल्ला बाहिर दाङ, नेपालगञ्ज, बर्दिया, दैलेख, चितवनलगायत ठाउँमा समेत ठूलो संख्यामा रिजालबन्धुु परिवार फैलिएको छ।आलम जात्रा देवालीको मुख्य आकर्षणको रुपमा मानिन्छ।

देवालीको अन्तिम दिन अर्थात् अष्टमी तिथिको दिन सूर्योदयसँगै मूलघरदेखि गौरासम्म आलम प्रदर्शन तथा जात्रा गर्ने गरिन्छ। बाँसको लिगोमा ध्वजाहरु थपिँदै जाँदा यो आलमको स्वरुप बन्दै जान्छ । ध्वजासहित भेटिस्वरुप नगदसमेत उक्त आलममा चढाउने गरिन्छ । कुल व्यवस्थापन समितिका अनुसार करिब एक लाख बढी दर्शक, भक्तालुहरुले उक्त आलम प्रदर्शनको अवलोकन गर्ने जनाईएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post