जंगलमा २ युवा युवतीको शव यस्तो अवस्थामा फेला

झापाको चारआली जंगलमा भेटिएका शवको पहिचान खुलेको छ । मेचीनगर १३ स्थित जंगलमा अर्जुनधारा ११ मूल घर भएका अन्दाजी ४५ वर्षीय नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती सन्जु इङ्नाम लिम्बूको शव भेटिएको प्रहरीले जनाएको छ ।

दुवै जनाको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको हो’, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले भने, ‘पुरुष झुन्डिएको र महिला भुइँमा लडेको अवस्थामा भेटिएको हो, शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्यु भएको अनुमान गर्न सकिन्छ।

दुवै जनाले सँगै आत्महत्या गरेका हुन् वा अन्य कुनै कारण हो अहिले नै भन्न सकिने अवस्था छैन।’ प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल र रस्सी फेला पारेको छ। सोमबार दिउँसो साढे २ बजे जंगलभित्र घाँस दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि डीएसपी महतोको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

दुवै शव कुहिएकोले प्रहरीलाई सनाखत गर्न समस्या परेको थियो। मृतकका दाजुले शवको पहिचान गरेका थिए। कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन लागेको प्रहरीले जनाएको छ । इङ्नाम दम्पत्ति करिब १० दिनदेखि बेपत्ता रहेको जनाइएको छ ।

इङ्नाम दम्पत्ति मेचीनगर १२ मा डेरा बस्दै आएको अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङ्नामले बताए । मूल घरबाट उनीहरुले अंश लिइसकेका थिए । करिव एक-डेढ वर्षदेखि इङ्नाम दम्पत्ति घुम्दै फिर्दै हिडेको पाइएको वडाध्यक्ष इङ्नामले बताए ।

सन्जुले नेत्रकुमारसंग दोस्रो विवाह गरेकी थिइन् । सन्जुको पहिलाको श्रीमानपट्टि सन्तान रहेको जनाइएको छ । तर, नेत्रकुमारसंग सन्तान नरहेको वडाध्यक्ष इङ्नामले बताए । यसअघि पनि सो जंगलमा त्यस किसिमको शव फेला परेको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post