मोटरसाइकल दुर्घटनामा गयो २५ वर्षीय रोमितको ज्यान

काठमाडौंको तिनकुने मुनिभैरवस्थित सडकखण्डमा मंगलबार बिहानै बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने २५ वर्षीय रोमित रिजाल रहेका छन्। उनलाई उपचारका लागि सिभिल अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार सप्तरीको अग्निसायर गाउँपालिका घर भई हाल भक्तपुरको दुवाकोट बस्ने २२ वर्षीय उदित चौधरीको सोही अस्पतालमै उपचार भइरहेको छ।

कोटेश्‍वरबाट सिनामगंलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख ४८ ४० नम्बरको बसले बानेश्‍वरबाट कोटेश्‍वरतर्फ जादै गरेको बा ८१ प २७ ९९ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ४ बजे ठक्कर दिएको थियो। दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।

Post a Comment

Previous Post Next Post