
कमेडी च्याम्पियनको दोस्रो संस्करणमा उपविजेता विक्की अग्रवाल विवाह बन्धनमा बाँधिने भएका छन्। सोही रियालिटी शोकी सहायक निर्देशक श्रद्धा प्रसाईंलाई उनले जीवनसाथी बनाउन लागेका हुन्।
बिहिबार विक्की र श्रद्धाले टिकाटालो गरेको निर्देशक दिपाश्रीले सामाजीक सञ्जालमा जानकारी गराएकी हुन्। टिकाटालोमा कमेडी च्याम्पियनका अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाको उपस्थिति थियो।
विक्की र श्रद्धा केही समयदेखि प्रेममा थिए। विक्की सिक्किम निवासी हुन्। उनी कमेडी च्याम्पियनमा दोस्रो भएपछि नेपालमै बसिरहेका छन्। अहिले उनी कमेडी क्लव विथ च्याम्पिसनका निर्देशक छन्। उनीहरुको विवाहको मिति भने टुंगो लागिसकेको छैन।