इन्गेजमेन्टपछि भयो बिहे रद्द, युवतीले केटाको घरमा पुगेर आत्महत्या गरे पछि ...

काठमाडौं । इन्गेजमेन्ट तोडिएपछि बानेश्वरकी एक युवतीले केटाको घरमा पुगेर आत्महत्या गरेकी छन् ।विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि।

बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगेर आत्मदाह गरेकी हुन् । उनलाई प्रहरीले तत्काल उद्धार गरेर कीर्तिपुरस्थित वर्न अस्पताल पठाएको थियो । तर, उनको सोमबार बिहान मृत्यु भएको हो ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो । तर, यही बीचमा उनीहरुको सम्बन्धमा दरार आएपछि गत शनिबार इन्गेजमेन्ट रद्द गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

परिवारकै सहमतिमा इन्गेजमेन्ट रद्द गरिए पनि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेकी हुन्। पुष्पाका परिवारले सुदनसहित उनको परिवारका ४ जनाविरुद्ध किटानी जाहेर दिएका थिए। आइतबार राति नै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। तर अदालतले सुदनविरुद्ध मात्रै सोमबार म्याद दिएको छ। सुदनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न महाराजगन्ज वृत्त प्रहरीले अनुमति पाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post