बिवाह लगतै बुबा कहिले बन्ने भन्ने प्रश्न गरेपछि सलोनले दिए यस्तो जवाफ

अभिनेता सलोन बस्नेतले मंसिर १२ गते एयर होस्टेस करिश्मा केसीसँग करिब ४ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे ।

विवाहको पर्सीपल्ट मंसिर १४ गते बुधबार० काठमाडौंको एक पाँचतारे होटलमा उनले आफन्त, साथीभाई र फिल्मकर्मीहरुका लागि रिसेप्सन पार्टी आयोजना गरेका थिए । जहाँ उल्लेख्य संख्यामा नवविवाहित जोडीलाई बधाई दिन पाहुनाहरु उपस्थित थिए ।

पाहुनाहरुबाट बधाई ग्रहण गरेपछि मिडियासँग कुराकानी गर्ने क्रममा सलोनले खुसीसाथ विवाह गर्दा मज्जा आउने अनुभव साटे । उनले श्रीमतीतिर हेर्दै खुसी भावमा भने ‘मेरो विवाहको कुरा सुरु भएपछि जति जनासँग भेट गरेको थिएँ, उहाँहरुले विवाहपछि धेरै तनाव हुन्छ भनेर मलाई एक किसिमको डर नै देखाइदिनुभएको छ ।

तर, खुसी भएर विवाह गर्दा एकदमै मज्जा आउँदो रहेछ ।’उनले करिश्माको आगमनले आफ्नो अपुरो जीवन पूर्ण भएकोमा खुसी व्यक्त गरेका छन् । सलोनले आमा बुबा भने अलि पछि बन्ने बताए । सञ्चारकर्मीको प्रश्नमा उनले मुस्कुराउँदै भने, ‘बच्चा चाहिँ अलि पछाडि नै हुन्छ ।

पहिला बुढा-बुढी बनेर रमाउन चाहन्छौं, त्यसपछि आमा बुबा बन्नेतिर सोचौंला ।’ त्यस्तै, करिश्माले आफ्नो कामले गर्दा अहिले नै बच्चाको विषयमा सोच्न नसक्ने बताइन् ।बिहे गर्दा रमाइलो भएको बताउँदै उनले तत्काल हनिमुनका लागि कुनै योजना नबनाएको बताएकी छन् ।

हामीले हनिमुनको प्लान नै गर्न पाएका छैनौं । विवाहका लागि म विदा लिएर बसेको हुँ । अबको दुई दिनमा मेरो विदा सकिन्छ । नयाँ वर्षको अवसर पारेर हनिमुनको प्लान गर्नेछौं,’ उनले भनिन् । उनले हिरोसँग बिहे गर्दाको फाइदा र बेफाइदाको बारेमा पनि आफ्नो अनुभव सुनाइन् ।

उनी भन्छिन्, ‘हिरोसँग विवाह गर्दाको फाइदा अलि बढीले चिन्न थालेका छन् । बेफाइदा चाहिँ जे गरे पनि क्यामेरा अगाडि आउँदो रहेछ । खाना खाँदा पनि ।’ उनलाई श्रीमान् सलोनले अभिनय गरेका फिल्मध्ये सबैभन्दा मन परेको चाहिँ ‘डाँडाको वर पीपल’ रहेछ । करिश्मा नेपाल एयरलाइन्समा एयर होस्टेस छिन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post