सालनालसहित शिशु यस्तो अवस्थामा फेला

सिरहा / सिरहाको दक्षिणवर्ती बरियापट्टी गाउँपालिकामा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। बिहीबार बिहान बरियारपट्टी गाँउपालिका-३ बजारदेखि ७०० मिटर पश्चिम र दक्षिणमा कपडामा पोकोपारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो।

स्थानीय अधिकलाल यादव खेत गएको बेला बच्चा रोएको आवाज सुनेपछि उनले गाउँले र प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय बरियापट्टीबाट पुगेको प्रहरी टोलीले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्‍याएका प्रहरीले जनाएको छ ।

शिशु छोरा रहेको २ किलो ८ सय ग्राम ताैल रहेको र स्वास्थ्य अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीले जानकारी दिए। शिशुलाई जिल्ला अस्पताल सिरहा पठाउने तयारी भइरहेको बताइएको छ।

अवैध सम्बन्धका कारण बच्चा जन्मिएका कारण फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ। लोक लाजका कारण बच्चाको आमाले राख्न नसक्ने भएकाले पनि फालेका हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी शुभाष बुढाथोकीले बताए ।

नवजात शिशु कसकाे र किन फ्यालिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post