सक्किगोनी’ का कलाकारहरुको अनौठो तस्विर, भाइरल भएपछि सुरु भयो विवाद !

काठमाडौँ – नेपाली कमेडी सिरियल ‘सक्किगोनी’का कलाकारको एउटा तस्बिर विवादमा परेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरका कारण अहिले ‘सक्किगोनी’ टिमकै आलोचना भैरहेको छ।

सार्वजनिक तस्बिरले महिलालाई होच्याएको भन्दै आलोचना भएको हो। सार्वजनिक भएको उक्त तस्बिरमा ‘सक्किगो नी’ का चार पुरुष कलाकार महिलाको पहिरनमा देखिएका छन्।

विवाहको सिजन भन्दै सेयर गरिएको तस्विरमा महिलाको पहिरनमा पुरुष कलाकारहरु देखिएका छन्। सिरियलका कलाकारहरुले पछिल्लो समय विवाह अघिको ब्याचलर पार्टीमा युवतीहरुले गर्ने कृयाकलापलाई तस्विरमा उतारेका छन् ।

हातमा स्याम्पियनको बोतल र शरीरमा बाथरोव लगाएका पुरुष कलाकारको तस्बिरलाई लिएर अहिले सामाजिक सञ्जालमा आलोचना भैरहेको छ। उक्त दृष्य समावेश गरिएको ‘सक्किगो नी’को अंक प्रसारण भने भएको छैन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post