दुई गाडि एकापसमा ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु

धनुषाको दुई गाडी एकआपसमा ठोक्किँदा एक बालकसहित पाँचजनाको मृत्यु भएको छ। शनिबार विहान करिव ५ बजेको समयमा जिल्लाको गाणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्र कजारस्थित विंगर र पिक भ्यान एक आपसमा ठोकिएर दुर्घटना भएको हो।

मृत्यु हुनेमा धनुषा मुखियापट्टी मुसरनिया घर भएकी २९ वर्षीया रुवीकुमारी साह, महोत्तरी रामगोपालपुर– ७ बस्ने मंजु कुमारी साह र सृजना साह, पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एक कुमार र धनुषा धनौजी गाउँपालिकाका अब्दुल मंसुरी रहेका छन्।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना १ ज ८३९६ नम्बरको विंगर र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज १ त १४९६ नम्बरको पिकअप भ्यान एक आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्ष दीपक रायले बताए। उनका अनुसार दुर्घटनामा आधा दर्जन व्यक्ति घाइते भएका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post