
मुस्ताङको वारागुङ मुक्तिक्षत्र गाउँपालिका-४ एक्लेभट्टी पाक्लिङ पुल नजिक मंगलबार गुडिरहेको बसबाट खसेर एक जना विद्यार्थीको मृ”त्यु भएको छ।
गुल्मीबाट शैक्षिण भ्रमणका लागि मुस्ताङको मुक्तिनाथतर्फ जाँदै गरेको ग१ख ७६८३ नम्बरको बसको ढोकाबाट खसेर गुल्मी जिल्लाकालिगण्डकी गाउँपालिका-७ बस्ने १९ वर्षीय मेखबहादुर परियारको घ”टना स्थलबाट अस्पताल ल्याउँदा मृ°त्यु भएको जिल्ला प्र”हरी कार्यालय मुस्ताङले जनाएको छ।
गुल्मीबाट शैक्षिक भ्रमणका क्रममा मुस्ताङको जोमसोम आइपुगेको बस मंगलबार बिहान करिब ९ बजे मुक्तिनाथ दर्शन गर्न जाने क्रममा अचानक बसबाट खसेर विद्यार्थीको मृ”त्युहुन पुगेको जिल्ला प्र”हरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपी कृष्ण सुवेदीले जानकारी दिए।
उनका अनुसार बसको ढोकाबाट खसेको विद्यार्थी ग”म्भीर घा”इते भएको र अस्पतालमा पुर्याउँदा मृ”त्यु भएको उनले बताए। शैक्षिक भ्रमणमा निस्किएको बसमा २६ जना विद्यार्थी, ९ जना शिक्षक/शिक्षिका र चालक र सहचालक सवार थिए।
बसको ढोकाबाट खसेर विद्यार्थीको मृ”त्यु भएपछि बससहित बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए। घ”टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। annapurna post