बाराबाट आयो अत्यन्तै दुःखद खबर

बारा — बाराकाे निजगढ नगरपालिका १ स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा आइतबार राति माेटरसाइकल दुर्घटना हुँदा चालकसहित सवार २ जनाकाे घटनास्थलमा मृत्यु भएकाे छ । अर्का १ जना सख्त घाइते भएका छन् ।

मोटरसाइकलमा ३ जना सवार थिए । निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीव ओलीका अनुसार राैतहट गजरा नगरपालिका ३ सिमरीका २६ वर्षीय चालक भुवन पहाडी र २७ वर्षीय रीतबहादुरकाे घटनास्थलमै मृत्यु भएकाे हाे । साेही स्थानका २४ वर्षीय सुशील माझी सख्त घाइते भएका छन् ।

उनकाे भरत मेडिकल कलेजमा उपचार भइरहेकाे छ । राजमार्गमा रोकेर राखिएको प्रदेश २ - ०३-००१ ख ४२२९ नम्बरकाे ट्रकमा प्रदेश २ -०३-००९ प ३९४३ नम्बरकाे बाइक ठाेकिँदा उक्त दुर्घटना भएकाे हाे । दुर्घटनापछि ट्रक र चालक निजगढ प्रहरीकाे नियन्त्रणमा छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरी निरीक्षक ओलीले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post