विदेशबाट फर्केर जयराम र अमरले गरे परिवारका आठ जनाको सामूहिक दाहसंस्कार

काभ्रेको बेथानचोक चलाल गणेशस्थान भएको बस दुर्घटनामा परी मृत्यु भएका एकै परिवारका आठ सदस्यकाे सामूहिक दाहसंस्कार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीका अनुसार मंगलबार भएको दुघर्टनामा परी ज्यान गुमाएका एकै परिवारका आठजनाको शुक्रबार सामूहिक दाहसंस्कार गरिएको हो।

मृतक कुमार तामाङका साहिँला छोरा जयराम तामाङ मलेसिया र कान्छा छोरा अमर तामाङ जापानबाट फर्केर शव बुझेपछि उनीहरूको सामूहिक दाहसंस्कार भएको हो।

मंगलबार काभ्रेका बेथानचोक गाउँपालिका– ४ चलाल गणेस्थानमा बा.३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए।

१७ जना मृत्यु भएकोमा नाैजनाको शव बिहीबार परिवारले बुझेर दाहसंस्कार गरिसकेका छन्। बाँकी आठजना शव बुझ्ने परिवारका सदस्यसमेत घरमा नभएकोले धुलिखेल अस्पतालमै थिए।

दुर्घटनामा ज्यान गुमाएका बनेपा नगरपालिका– ११ सल्लेकी ७९ वर्षीया निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २७ वर्षीया कोपिला तामाङ र ११ वर्षीय पुष्कर तामाङ सबै एकै परिवारका सदस्य हुन्।

व्रतबन्ध कार्यक्रममा मृतक कुमार तामाङका १० जनाको परिवार बनेपा– ११ सल्लेबाट बेथानचोक– ५ च्याल्टी पुगेको थियो। व्रतबन्ध कार्यक्रम सकेर फर्कने क्रममा बस दुर्घटना भएको थियो। उनका एक छोरा र नातिनी घाइते भएका छन्। छोरा राजनको धुलिखेल अस्पताल र नातिनी श्रेयाको शिर मेमोरियल अस्पतालमा उपचार भएरहेको छ। श्रेया उपचारपछि घर फर्केकी छिन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post