स्टेजमा गाउँदा गाउँदै रचना रिमाल रुन थालेपछि….

काठमाडौं । गायिका रचना रिमालले टिकटक चलाउँदैमा इज्जत नजाने बताएकी छन् । सोमबार कास्कीको पोखरास्थित हलनचो कमाआयोजित वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ अभिनित ‘महापुरुष’को प्रचार–प्रसार कार्यक्रममा आफ्नो प्रसतुती पछि गायिका रिमालले यस्तो बताएकी हुन् ।

पोखराको उक्त कार्यक्रममा कमेडियन विकास अर्यालले टिकटक सेलिब्रेटीहरुको रोस्ट गरेका थिए । कार्यक्रममा कमेडियन अर्यालले गायिका रचनाले टिकटकबाट इज्जत बेचेको भन्दैव्यंग्यसमेत गरेका थिए ।

अर्यालको आफू लक्षित सोही ब्यङ्ग्यलाई लिएर गायिका रिमालले रुँदै स्टेजबाट बाहिरिएकी थिइन् ।उनले उक्त व्यंग्य आफूलाई चित्त नबुझेको र टिकटक चलाउँदैमा इ ज्जत नजाने उल्लेख गर्दै स्टेजबाट रुदै बाहिरिएकी थिइन् ।

आफ्नो प्रस्तुतीको कारण गायिका रिमालले चित्तदखेपछि कमेडियन अर्यालले आम माफीसमेत मागेका थिए । उक्त कार्यक्रममा कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रविन्द्र सिहं बानिया,कमेडियन सुमन कार्की, विकास अर्याल, गायक निशान भट्टराई, गायिका रचना रिमाललगायतको पनि सहभागिता थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post