घरायसी झगडामा महिलाले शरीरमा पेट्रोल छर्केर आगो लगाए पछि ...

मकवानपुरमा घरायसी झगडामा एक महिलाले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छन् ।

जिल्लाको राक्सिराङ गाउँपालिका-३ पलासे बस्ने राजेन्द्र थिङको श्रीमती अन्दाजी ३० वर्षकी रिना ब्लोनले हिजो (आइतबार) बेलुका ९:०० बजे आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् ।

घरायसी विवादको कारण आफ्नै शरीरमा पेट्रोल छर्की शरीरको विभिन्न भागमा जलेर घाइते भएकी ब्लोनलाई तत्काल उपचारको लागि श्रीमानले नयाँ मेडिकल कलेज भरतपुर लगेका थिए ।

अवस्था गम्भीर भएकोले अस्पतालले थप उपचारको लागि काठमाडौँ रिफर गरेसँगै उनलाई कीर्तिपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post